नेपाली र भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

नेपाली र भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • नेपाली र भारतीय नम्बर प्लेटका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ । यसोधरा गाउँपालिका-७ सोमढीहमा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको यूपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा यसोधरा गाउँपालिका-८ सिंहखोर घर भएका ३१ वर्षीय सब्दान हुसेन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका यूपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij