वीरगन्जबाट सुनसहित एक जना पक्राउ

वीरगन्जबाट सुनसहित एक जना पक्राउ

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • वीरगन्जबाट सुनसहित एक जना पक्राउ

    पर्सा । वीरगन्जबाट सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका- १५ भेडियाहीका २८ वर्षीय जयप्रकाशकुमार सोनार छन् ।

    उनलाई वीरगन्ज महानगरपालिका- ८ स्थित रेल्वे रोडबाट सुन जस्तो देखिने पहेंलो धातु १ सय ७ ग्राम ८९ मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij