करिब ३ सय ३० किलो गाँजासहित तीन जना पक्राउ

करिब ३ सय ३० किलो गाँजासहित तीन जना पक्राउ

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • करिब ३ सय ३० किलो गाँजासहित तीन जना पक्राउ

    काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।  

    यता बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय रमोद चौधरी र ५२ वर्षीय मनमती देवीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्‍त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij