प्राधिकरण बोर्डकाे बैठकले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

प्राधिकरण बोर्डकाे बैठकले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • प्राधिकरण बोर्डकाे बैठकले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

    काठमाडौं । ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ ।

    महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ । तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।

    १५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो ।

    तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणले जनाएको छ । महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने जनाएकाे छ । आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ । 

    यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij