प्रधानमन्त्री ओलीले सिंहदरबार बोलाए सबै मन्त्री र सचिव, त्रैमासिक समीक्षा हुने

प्रधानमन्त्री ओलीले सिंहदरबार बोलाए सबै मन्त्री र सचिव, त्रैमासिक समीक्षा हुने

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • प्रधानमन्त्री ओलीले सिंहदरबार बोलाए सबै मन्त्री र सचिव, त्रैमासिक समीक्षा हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन् । 

    बुधबार दिउँसो ३ बजे बस्नेगरी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

    बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

    प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरू र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए ।

    नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर सरकार चलाइरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij