धनुषास्थित जेनरल स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

धनुषास्थित जेनरल स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • धनुषास्थित जेनरल स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

    काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ । 

    टपरी उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको जनाइएको छ । 

    आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको छ भने विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij