काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो ।
यसअघि १५ दिनलाई समय दिएर लाइन जोडेकोमा बुधबार त्यसको समय सकिँदै छ ।
प्राधिकरणले लाइन काट्ने देखेपछि नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउनुपर्ने व्यहोराको पत्र पठाएको हो ।