सर्लाहीमा ट्याक्टर पल्टिएर च्यापिँदा एकजनाको मृत्यु

सर्लाहीमा ट्याक्टर पल्टिएर च्यापिँदा एकजनाको मृत्यु

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • सर्लाहीमा ट्याक्टर पल्टिएर च्यापिँदा एकजनाको मृत्यु

    काठमाडौं । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुसतम साह रहेका छन् । 

    आज बिहान बलरा नगरपालिका वडा नं ९ अचलगढमा मृत्क साहले आफ्नै अनटेष्ट स्वराज कम्पनीको ट्याक्टरले आफ्नै खेत जोती घर फर्किने क्रममा खेतमा अनियन्त्रित भई पल्टिन जाँदा उनी ट्याक्टरमा च्यापी गम्भीर घाईते भएका थिए ।

    स्थानीयहरुले निकाली उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij