वीर अस्पतालमा भर्ना गरिएका दुर्गा प्रसाइँ हिरासत फिर्ता

वीर अस्पतालमा भर्ना गरिएका दुर्गा प्रसाइँ हिरासत फिर्ता

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • वीर अस्पतालमा भर्ना गरिएका दुर्गा प्रसाइँ हिरासत फिर्ता

    काठमाडौं । उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको छ । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाइँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाइँ क्यान्सरको बिरामी हुन् । 

    अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनी पक्राउ परेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij