कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई वायुसेवा निगमको अनुरोध

कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई वायुसेवा निगमको अनुरोध

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई वायुसेवा निगमको अनुरोध

    काठमाडौं । नेपाल वायु सेवा निगमले विमान चालकहरुलाई कुनै पनि उडान प्रभावित नगर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै निगमले चालकहरुलाई सो आग्रह गरेको हो ।

    निगममा कार्यरत पाइलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिहरुमा आवधिक जानकारी गराइराखिएको जनाउँदै निगमले यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसमेत निरन्तर लागिपरिरहेको जनाएको छ ।

    सो विषयमा आइतबार  निगमका कार्यकारी अध्यक्षले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशकसहित अर्थमन्त्री र पर्यटनमन्त्रीसँग छलफल गरेको निगमले जनाएको छ । छलफलमा चालकहरुका (क्याबिन क्रु) मागका सम्बन्धी अर्थमन्त्री सकारात्मक रहेको र पर्यटनमन्त्रीले समस्या समाधानका लागि पहल गरिरहेको सूचना जनाइएको छ ।

    पाइलटहरुले नियमति उडान नगर्दा निगमलाई आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताउँदै यसलाई निगम व्यवस्थापनले गम्भीर रुपमा लिएको र निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने समेत सूचनामा भनिएको छ । निगमका क्याबिन क्रुहरुले विगत केही महिनादेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।  

    1111

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij