सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो, चाँदीको पनि घटाइयो

सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो, चाँदीको पनि घटाइयो

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो, चाँदीको पनि घटाइयो

    काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो ।

    सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । सरकारले सुनको भन्सार दर गत आर्थिक बर्षको भन्दा तल झारेको हो । यस्तै, चाँदीको भन्सार दर १५ प्रतिशत बाट १० प्रतिशतमा झारिएको छ ।

    सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । जस कारणले सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँ बढ्न पुगेको थियो । 

    नेपालमा बजेट सार्वजनिक भएको केही समयपछि भारतले आफ्नो बजेट प्रस्तुुत गर्यो जसमा भन्सार दर घटेको थियो । जसले गर्दा नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij