काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्बाट राजदूतमा सिफारिस भएकी यादवलाई असोज १६ गतेमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
