रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो ।

    यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज फेरि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने २ कत्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

    लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij