नेकपा एमालेले काठमाडौं महानगरलाई जरिवाना नतिर्ने

नेकपा एमालेले काठमाडौं महानगरलाई जरिवाना नतिर्ने

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • नेकपा एमालेले काठमाडौं महानगरलाई जरिवाना नतिर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । 

    यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    एमाले केन्द्रीय कार्यालयले पनि काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताएको छ । सभा सकिए लगत्तै आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको एमालेको भनाई छ ।

    मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको एकालेले टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij