काठमाडौं । कैलालीमा एक बालिकाले आत्महत्या गरेकी छिन् । घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ बर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
उनले घरनजिक जंगलको किनारमा घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कक्षा ८ मा अध्ययनरत बोहरा तीन पटकसम्म फेल भएको परिवारबाट बुझिए पनि आत्महत्याको कारण भने खुल्न नसकेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीको भनाइ छ ।