सञ्चारमाध्यमलाई राहदानी विभाग परिसरमा फोटो–भिडियो खिच्न निषेध

सञ्चारमाध्यमलाई राहदानी विभाग परिसरमा फोटो–भिडियो खिच्न निषेध

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • सञ्चारमाध्यमलाई राहदानी विभाग परिसरमा फोटो–भिडियो खिच्न निषेध

    काठमाडौं । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो–भिडियो खिच्न निषेध गरेको छ । पाँचदिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो–भिडियो खिच्न निषेध गरेको हो । 

    विभाग भवनको, कर्मचारीको र मुख्य गेटको फोटोरभिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने जनाइएको छ । 

    हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । 

    सेवा रोकिंदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरू प्रभावित भएका छन् । प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरेको विभागले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij