धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको कार्ययोजना प्रस्तुति सकियो

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको कार्ययोजना प्रस्तुति सकियो

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको कार्ययोजना प्रस्तुति सकियो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि अन्तवार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ । आइतबार दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुति सकाएका छन् । 

    सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे । यसअघि दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।  योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ ।

    अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ । 

    धितोपत्र बोर्ड २०८० पुस २० गतेपछि कार्यकारी अध्यक्षविहीन छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij