काठमाडौं । दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मंसिरबाट अनिवार्य अवकाशमा जाँदैछन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन् ।
केदार ढकाल मंसिर २२ गतेदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन् भने भीम ढकाल मंसिर २८ गतेदेखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अकाशमा जाने भएका हुन् ।
उनीहरूपछि एआईजी किरण बज्राचार्य पनि यही पुस १४ गतेमा उमेरहदकै कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनीहरू सबै हालका आईजी वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
अवकाशमा जानु दुई साता अघि मात्रै सरकारले डीआईजी केदार ढकाललाई एआईजीमा बढुवा गरेको थियो ।