काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत भेटिएकी छन् । करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेकी हुन् ।
उनी सोही घरमा बस्दै आएकी थिइन् । ती महिलालाई भक्तपुरको सुर्यबिनायक नगरपालिका–७ गुण्डु बाट २०७६ चैत १० गते बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेर त्यहाँ राखिएको थियो ।
मृतकको शव शनिबार राति करिब एक बजे पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।