कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले गर्यो अनुकरणीय कार्यक्रमहरु

कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले गर्यो अनुकरणीय कार्यक्रमहरु

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले गर्यो अनुकरणीय कार्यक्रमहरु

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले राष्ट्रिय कर दिवस, २०८१ एवं कर सप्ताहका अवसरमा विभिन्न कार्यक्रमकाे आयोजना गरेको छ । देशैभर विभिन्न कार्यक्रम गरी मंसिर १ गतेलाई कर दिवस र हप्ताभर नै ‘कर सप्ताह’ मनाउने गरिएको छ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले पनि सोही अवसरमा केही भिन्न एवं अनुकरणीय कार्यक्रमहरु आयोजना गरेको हो । 

    कार्यालयले रक्तदान, बक्तृत्वकला, करदाता सचेतना कार्यक्रम र सन्देशमूलक भिडियो उत्पादन लगायतका कार्यक्रमहरु यसपटकको कर सप्ताहमा आयोजना गरेको छ ।  

    462546084.jpg

    बढ्दो डेंगु संक्रमणका कारण स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भइरहेको हालको समयमा कार्यालयले बृहत रक्तदान कार्यक्रम आयोजनासमेत गरेको छ । उक्त कार्यक्रममा उल्लेख्य सहभागिता भई ७७ जना रक्तदाताहरुबाट रगत संकलन भएको थियो । 

    यसैगरी, मंसिर ६ गते माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको र उक्त कार्यक्रममा २० जना छात्र/छात्राहरुबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता “बिल बिजक लिनेदिने थिति: राष्ट्र निर्माणमा हाम्रो उपस्थिति” भन्ने शीर्षकमा आधारित भई संचालन गरिएको थियो । यस्तै, कार्यालयको कार्यक्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा करदाता शिक्षामूलक क्लिनिक एवं कर सचेतना केन्द्र समेत संचालनमा ल्याईएको थियो । 

    मंसिर ५ र ७ गते संचालित उक्त कार्यक्रममा २४० करदाता एवं उपभोक्ताहरुलाई सचेतना गराईएको थियो । कार्यालयले “बिल बिजक लिनेदिने थिति: राष्ट्र निर्माणमा हाम्रो उपस्थिति” तथा “कर तिर्ने संस्कार: समृद्दिको आधार” भन्ने संकल्पमा आधारित  यथार्थपरक, जागरणमूलक एवं सन्देशमूलक भिडियो समेत तयार गरी आज आन्तरिक राजस्व विभागबाट आयोजना गरिएको कर सप्ताह समापन समारोहमा प्रस्तुत गरिएको थियो । साथै, उक्त भिडियोलाई कार्यालयको वेबपेज, विभिन्न सामाजिक संजाल एवं विधुतीय संचार माध्याममा समेत निरन्तर प्रशारण गरिने कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए । 

    462582255 .jpg

    कर सप्ताहको समापन कार्यक्रममा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता कायम रहेका करदाताहरुमध्ये सबैभन्दा भन्दा बढी आयकर दाखिला गर्ने करदाता मारोन ट्रेडिङ्गलाई सम्मान-पत्र तथा करदाता शिक्षा तथा करचेतना सम्बन्धि कार्यक्रममा समन्वय एवं सहकार्यमा पुर्याएको उल्लेख्य योगदानका लागि नयाँ वानेश्वर व्यापार व्यवसायी संघलाई  प्रशंसा-पत्र प्रदान गरिएको थियो । यसैगरी, उल्लेखनीय एवं प्रशंसनीय कार्य सम्पादन गरेकोमा कर अधिकृत रमेश श्रेष्ठ र नायब सुब्बा सुष्मा थापा (क्षेत्री)  लाई समेत प्रशंसा-पत्र सहित पुरस्कृत गरिएको प्रमुख आचार्यले बताए ।

    462561979.jpg

    462557223.jpg

    PHOTo .jpg

    462559598.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij