वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई शुक्रबार (आज) बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएको हो ।

    दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै चार जना भारतीय छन् । घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका छन् ।

    प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पुर्‍याएको छ । सबै घाइतेको उपचार हेटौँडा अस्पतालमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

    बसमा १८ जना यात्रु सवार रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij