आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ

आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा निःशुल्क पार्किङ उपलब्ध हुने भएको छ ।

    आजदेखि बेलुकी साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि उपलब्ध हुने महानगरले जनाएको छ ।

    प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यो सुविधापछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरी लगायत ठाउँको यातायात आवागमन र पार्किङ्मा सहजता हुने बताए ।

    महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्ने जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij