काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उनलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत पनि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनको नाम संसदीय समितिमा लेखेर पठाइने जनाइएकाे छ ।