काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेकाे छ । उनीहरूको सिफारिस गत कात्तिक २९ गते भएको थियो ।