काठमाडौं । धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३ बस्ने सरोज शर्माको तीन वर्षीया छोरी मानसी शर्मा रहेकी छिन् ।
बालिकालाई बाटो काट्ने बेला ना.१ ख ९६९६ नम्बरको बाल आवशीय माध्यमिक विद्यालयको बसले आज बिहान ठक्कर दिएको थियो ।
गम्भीर घाइते बालिकालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बस चालक स्थानीय वर्ष ४२ का उमेश कुमार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।