एक हजार एम्पुल लागू औषधसहित युवति पक्राउ

एक हजार एम्पुल लागू औषधसहित युवति पक्राउ

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • एक हजार एम्पुल लागू औषधसहित युवति पक्राउ

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट १ हजारभन्दा बढी एम्पुल लागू औषधसहित एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ । 

    १ हजार १ सय ९३ एम्पुल लागूऔषध सहित मङ्गला गाउँपालिका–२ की २३ वर्षीया पूर्णा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यही मङ्सिर २ गते आइतबार पक्राउ परेकी बिकलाई आज सार्वजनिक गरिएको हो । 

    प्रहरी निरीक्षक सागर पौडेलले बिकको साथबाट ३ सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र ३ सय ९८ बुप्रेनोफिन बरामद गरिएको जानकारी दिए । विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए । 

    बिकविरुद्ध म्याग्दी जिल्ला अदालतमा लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागू औषधि बरामद भएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij