बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई कारबाही गरेको छ । १६ वडाभित्र बिजुलीका पोलहरूमा पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगर प्रहरीले बुधबार हरि परियारलाई १० हजार जरिबाना गरेको हो ।

    महानगरले पछिल्लो समय पोलमा, सार्वजनिक स्थानको पर्खालमा, पुल लगायत स्थानमा पर्चा, पम्लेट टाँस्न निषेध गरेको छ भने पैदल यात्रुलाई पर्चा बाँढेमा पनि कारबाही गर्दै आएको छ । 

    यसैगरी महानगरले मनोहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गर्नेलाई पनि जरिबाना गरेको छ । वडा नम्बर ३२ जडिबुटी स्थित मनोहरा खोलाबाट अवैध उत्खनन गरी बालुवा लोड गरिरहेको अवस्थामा बा४ख १७५५  नम्बरको मिनी ट्रकलाई १० हजार जरिबाना गरिएको महानगरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij