बीपी राजमार्गको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक राति बन्द हुने

बीपी राजमार्गको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक राति बन्द हुने

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • बीपी राजमार्गको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक राति बन्द हुने

    काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न रातिको समयमा सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ  ।

    सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार ५ कात्तिकदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडक खण्ड बन्द रहने छ ।

    भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij