रवि लामिछानेसहित १० जनाविरूद्ध चितवनमा पनि जाहेरी

रवि लामिछानेसहित १० जनाविरूद्ध चितवनमा पनि जाहेरी

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • रवि लामिछानेसहित १० जनाविरूद्ध चितवनमा पनि जाहेरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा जाहेरी परेको छ । साहरा चितवन सहकारी ठगी प्रकरणमा एवं पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सहित १० जना विरुद्ध जाहेरी परेको चितवन प्रहरीले जनाएको छ ।

    सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन् । गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार गएको देखिएको छ । गोरखा मिडियाका पूर्व सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् ।

    प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । लामिछाने र जोशी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij