‘अन्डरवर्ल्ड एजेन्ट हुँ’ भन्दै असुली गर्न खोजेको आरोपमा डाक्टर पक्राउ

‘अन्डरवर्ल्ड एजेन्ट हुँ’ भन्दै असुली गर्न खोजेको आरोपमा डाक्टर पक्राउ

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • ‘अन्डरवर्ल्ड एजेन्ट हुँ’ भन्दै असुली गर्न खोजेको आरोपमा डाक्टर पक्राउ

    काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ । 

    प्रहरीका अनुसार दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने गरेका थिए । आफूले भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको खुलेको प्रहरीले जनाएको छ । 

    दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीेले दाहाललाई शंखमुलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

    दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij