पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

    काठमाडौं । रुकुम –पूर्वको पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका यम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 

    ‘रुकुम (पूर्वी भाग) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ ।  

    यसअघि आइतबार उम्मेदवारी दर्ता गराएका एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएसँगै घर्ती निर्विरोध निर्वाचित भएका हुन् । 

    462552520_1025306462696881_8571529024467087070_n_b35cDHfjj4-1732094945.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij