डडेलधुराको नौलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

डडेलधुराको नौलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • डडेलधुराको नौलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं ।  डडेलधुराको परशुराम नगरपालिका-९ नौला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

    कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट डडेलधुराको परशुराम नगरपालिकाको जागबुडातर्फ गइरहेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

    इलाका प्रहरी कार्यालय जागबुडाका अनुसार घाइते सबैलाई महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घुम्तीमा गाडी मोडन नसक्दा सडकबाट ५० मिटर तल खसेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij