कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । जिल्ला अदालत, काठमाडौंले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    पूर्वमन्त्री अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

    सात दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ५ दिनको म्याद दिएको हो ।

    सरकारको अनुमतिबिना जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको थियो । उनीसँगै अन्य तीन जना पनि जापान पुगेपछि मानव तस्करीको आशंकामा उनीहरुलाई नेपाल फर्काइएको थियो ।

    विवादमा परेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । कोशी प्रदेशसभाका सांसदसमेत रहेका उनलाई नेकपा एमालेले पार्टीबाट निलम्बनसमेत गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij