यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानी आयोजनामा क्षति

यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानी आयोजनामा क्षति

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानी आयोजनामा क्षति

    तनहुँ  । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो । 

    नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख रुपैयाँ बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । उनले भने, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।”

    “विकास निर्माणको करिब २५ लाख रुपैयाँ खर्च गरिएको छ”, उनले भने, “खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।” उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताए । 

    “नगरपालिकामा अहिले पनि चार÷पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ”, उनले भने, “प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।”

    जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताए । ठूला खानेपानी योजनामा ८ लाख रुपैयाँदेखि १० लाख रुपैयाँखर्च आइरहेको नगरपालिकाले जनाएको छ । “विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला”, नगरप्रमुख सुवेदीले भने, “नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ ।” 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij