१ अर्ब २७ करोड लगानीमा बन्ने लक्जरी अपार्टमेन्टको शिलान्यास, २ वर्षमा निर्माण सम्पन्न हुने

१ अर्ब २७ करोड लगानीमा बन्ने लक्जरी अपार्टमेन्टको शिलान्यास, २ वर्षमा निर्माण सम्पन्न हुने

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • १ अर्ब २७ करोड लगानीमा बन्ने लक्जरी अपार्टमेन्टको शिलान्यास, २ वर्षमा निर्माण सम्पन्न हुने

    काठमाडौं ।  अपी पावरको सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले ललितपुरको झम्सिखेलमा लक्जरी अपार्टमेन्ट निर्माण परियोजनाको शिलान्यास गरेको छ । १ अर्ब २७ करोड रुपैयाँ लगानीमा यो अपार्टमेन्ट निर्माण गर्नका लागि सोमबार शिलान्यास गरिएको हो । 

    ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहने कम्पनीले जनाएको छ । १० तलाको अपार्टमेन्टमा । २ तलामा पार्किङ हुनेछ । ५६ गाडी अटाउनेछ । ठूलो संख्यामा बाइक/स्कुटर पार्किङ गर्न सकिनेछ ।

    अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काले जानकारी दिइन् । खड्काका अनुसार कम्पनीले बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    के-के छन् विशेषता ?

    यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यहाँ उपलब्ध प्रमुख सुविधाहरूमा:

    साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर।
    कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर।
    मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप।
    प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन।

    आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू

    १ बीएचके युनिट
    युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।

    २ बीएचके युनिटहरू
    युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)।
    युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
    युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।
    युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।
    युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)।

    ३ बीएचके युनिटहरू
    युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)।
    युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij