अखिल क्रान्तिकारीका ३ नेता पेरिसडाँडामै बसे आमरण अनसन

अखिल क्रान्तिकारीका ३ नेता पेरिसडाँडामै बसे आमरण अनसन

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • अखिल क्रान्तिकारीका ३ नेता पेरिसडाँडामै बसे आमरण अनसन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्न माग गर्दै चारजना नेताले आजदेखि आमरण अनसन सुरु गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन् । 

    रावल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख हुन् भने खकेन्द्र रावल र जनक ढुंगाना केन्द्रीय सदस्य हुन् । 

    नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरुको भनाई छ । 

    गएको असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो । 

    संगठनमा रहने विद्यार्थी नेतामा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको थियो । त्यतिबेला विद्यार्थी नेताहरुबीच बन्दसत्र स्थलमै झडप र कुर्सी हानाहान भएको थियो ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक पनि आज दिउँसो पेरिसडाँडामा बस्दैछ । पार्टी बैठक सुरु हुनुअघि नै विद्यार्थीहरुले नेताहरुलाई दबाब दिन आमरण अनसन सुरु गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij