काठमाडौं । घाँस काटने क्रममा रुखबाट लडेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका–९ धनबोट निवासी अन्दाजी ४४ वर्षीया कमला चन्दको मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते भएकी चन्दको उपचारका लागि बाग्चौर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हाे । रुखबाट लडेकी उनी झन्डै दुई सय मिटर तल पुगेकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको थियो । रुखबाट लडेर मृत्यु भएकी चन्दको सोमबार नै दाहसंस्कार गरिएको छ ।