त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते

त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • त्रिशूली नदीमा ट्रक खस्दा तीन जना घाइते

    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडाैंका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

    दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

    ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij