स्नातकको नतिजा नआउँदै त्रिविले खुलायो स्नातकोत्तरको भर्ना

स्नातकको नतिजा नआउँदै त्रिविले खुलायो स्नातकोत्तरको भर्ना

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • स्नातकको नतिजा नआउँदै त्रिविले खुलायो स्नातकोत्तरको भर्ना

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अन्तिम वर्षको नतिजा नै नआउँदै स्नातकोत्तर तहको भर्ना खुलाएको छ । जेठ र असार महिनामा भएको परीक्षाको नतिजा नआउँदै त्रिविले स्नातकोत्तरका लागि नयाँ भर्ना खुला गरेको हो । 

    त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा मंसिर ५ गतेदेखि लागू हुनेगरी भर्ना आवेदन मागेको छ । तर, चार वर्षे बीएको चौथो वर्षको र चारवर्षे व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको नतिजा भने अहिलेसम्म आएको छैन । 

    स्नातकोत्तर तहमा भर्नाका लागि पुस ५ सम्मको समय तोकिएको छ । अहिलेको अवस्थामा विद्यार्थीको नतिजा आइसकेपछि ट्रान्सक्रिप्ट निकालेर माथिल्लो तहमा भर्ना हुनका लागि समय नपुग्ने देखिन्छ ।

    सायद पाठ को फोटो हुनसक्छ

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij