मालढुङ्गा–बेनी सडक आजदेखि ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मालढुङ्गा–बेनी सडक आजदेखि ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • मालढुङ्गा–बेनी सडक आजदेखि ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

    काठमाडौं । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । 

    सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवत–जावत बन्द गरिएको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएकाे छ । 

    सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको छ । १३ किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । 

    एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । 

    मालढुङ्गादेखि बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक निर्माण प्रभावित हुँदै आएको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । 

    सार्वजनिक खरिद ऐनको १३ औँ संशोधनअनुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएपछि पुनः आगमी असार मसान्तसम्म म्याद थपिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij