अदालतको आदेशपछि ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

अदालतको आदेशपछि ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • अदालतको आदेशपछि ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित

    काठमाडौं । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापनको प्रक्रिया स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो ।

    उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो । ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

    यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।

    आयोगले आइतबार यसबारे निर्णय गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij