फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत, राजमार्ग सुचारु

फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत, राजमार्ग सुचारु

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत, राजमार्ग सुचारु

    काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।

    चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।

    दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij