आँखामा पट्टी बाँधी बन्धक बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

आँखामा पट्टी बाँधी बन्धक बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • आँखामा पट्टी बाँधी बन्धक बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

    काठमाडौं । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेर सार्वजनिक गरेको हो । 

    पक्राउ पर्नेमा रसुवाका बुद्धि बहादुर तामाङ, नुर्पु सिंगी तामाङ, टेम्पा नुर्पु तामाङ र गोपाल तामाङ रहेका छन् ।  योजनाबद्ध तवरले उनीहरूले राजधानीको बालाजु माछापोखरीबाट गत असोज ४ गते पीडितहरूलाई ट्याक्सीमा राखी बुढानीलकण्ठको शैलजा रिसोर्टमा लगेका थिए । 

    त्यसपछि पीडितहरूलाई आँखामा पट्टी बाँधी बन्धक बनाई कुटपिट गर्नुका साथै चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाएर थप रकम समेत माग गरेका थिए । 

    यस सम्बन्धी उजुरी परेपछि  ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij