ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । 

    घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij