डेडिकेटेड र ट्रंक लाइन विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

डेडिकेटेड र ट्रंक लाइन विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • डेडिकेटेड र ट्रंक लाइन विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

    काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीयको समिति गठन गरिएको हो । 

    समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनः गणना गरी जाँच गर्ने छ । 

    पुरानो बिल मिलेको रहेनछ भने त्यसलाई सच्याउने अधिकार पनि आयोगलाई दिइएको छ । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij