नेपाल–भारत सीमामा एक नेपाली युवक मृत फेला

नेपाल–भारत सीमामा एक नेपाली युवक मृत फेला

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • नेपाल–भारत सीमामा एक नेपाली युवक मृत फेला

    काठमाडौं । नेपाल–भारत सीमामा एक नेपाली युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान ३२ वर्षीय भुला यादवको शव फेला परेको हो । 

    प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाएको छ ।

    घटना विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । स्थानीयका अनुसार, उनी सोमबार साँझ घरबाट निस्केका थिए । 

    उनी लागूऔषध सेवन गर्न भारत गएको र फर्किने बेला ओभर डोज भएर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij