काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रहेका माइकल मलिनोस्कीको निधन भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।
मलिनोस्कीले अमेरिकाको विदेश मिसन अन्तरगत पिलिपिन्स, अफगानिस्तान, मेक्सिको लगायतका ठाउँमा पनि काम गरेका थिए । उनी काठमाडौं र पेशावरमा गरेको कामका कारण ‘सुपेरियर अनर अवार्ड’बाट पुरस्कृत समेत भएका थिए ।
उनी सन् २००१ देखि २००४ सम्म नेपालका लागि अमेरिकी राजदूत रहेका थिए । कुटनीतिक सेवा थाल्नुअघि उनी शिक्षक थिए ।