पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

    काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको २ वटा सडक अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्ड अवरुद्ध भएको हो ।

    सोमबार दिउँसोको भारी वर्षाका कारण सडक माथिबाट खसेको लेदोका कारण हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध भएको हो । 

    उक्त सडक खण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ रामचन्द्र भन्ज्याङमा सडक माथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको जनाइएको छ । 

    यता भिमफेदी गाउँपालिका वडा नम्बर–८ महादेवटारस्थित कान्तिलोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो । बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij