जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी बुझाउन ताकेता

जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी बुझाउन ताकेता

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी बुझाउन ताकेता

    काठमाडौं । विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ । विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी ३५ दिन भित्र बुझाउन समय दिएको हाे ।

    यस अवधिभित्र २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आर्थिक बर्ष २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको हो ।

    यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ । विभागले रोयल्टी समयमा तिरी जिम्मेवारी बहन गर्न उत्पादकहरूलाई सचेत गराएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij