कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

    काठमाडौं । सुर्खेतबाट चितवनको नारायणघाटतर्फ गइरहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ । तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाट जाँदै गरेको बनकसबासामा दुर्घटना भएको हो ।

    दुर्घटनामा बसमा सवार २६ जना यात्रु घाइते भएको उनले बताएका छन् ।

    सबै घाइतेहरूको कपिलवस्तुकै चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij